५ पुस २०८२, शनिबार | December 21, 2025

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो, गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं । आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आज पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए । वार्ता समितिमा मन्त्रालयका तर्फबाट सहसचिव पण्डितसहित दुईजना उपसचिव रहनुहुने…