४ आश्विन २०८३, आइतबार | September 20, 2026

आजको मौसम : बाग्मतीसहित यी पाँच प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । देशका केही भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । विभागले दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान साथै कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ०७ बजे

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई