रौतहट। मैनबत्तीबाट सल्किएर रौतहटको कटहरिया नगरपालिका(५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो। आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झण्डै तीनलाख बराबरको क्षति भएको प्रहरीले…