१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

उपमहानगरको योजना अनुगमनमा मेयर आफै सडकमा निस्किए



बुटवल । बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा भएका सडक बिस्तार तथा नाली निर्माण लगाएतका योजनाहरूको अनुगमनमा उपमहानगर प्रमुख खेलराज पाण्डे आफै निस्किएका छन् । उप महानगरमा सञ्चालित सडक बिस्तार तथा नाली निर्माण लगाएतका योजनाहरूको अनुगमन गर्न उपमहानगर प्रमुख पाण्डे आफै योजनास्थलमा पुगेका हुन् ।

योजना कार्यान्वयनमा तिब्रता प्रदान गर्ने उद्देश्यसहित बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेले उपमहानगरको प्रमुख बजार क्षेत्रभित्र भैरहेका सडक, नाली लगाएत योजनाहरूको अनुगमन गरेको जनाएका छन् । नगर प्रमुख पाण्डेको नेतृत्वमा उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय प्रमुख मित्रमणी खनाल, भौतिक पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारसहितको टोलीले वडा नं ६ स्थित निर्माणाधिन दुर्गामन्दिर लाईन सडक र कालिकापथको अनुगमन गरेको थियो । सो अवसरमा वडा अध्यक्ष लोकनाथ न्यौपानेले ति सडक तथा नाली निर्माणको प्रगती अवस्थाबारे जानकारी गराएका थिए भने प्राबिधिक अवस्थाबारे महाशाखा प्रमुख रौनियारले बताएका थिए ।

सो अवसरमा नगरप्रमुख पाण्डेले निर्माणाधिन सडक तथा नालीहरुको निर्माण कार्य तिब्र पार्न सरोकारवाला कर्मचारी, जनप्रतिनिधी र निर्माण ब्यबसायीलाई निर्देशन दिए । गत आर्थिक बर्षको बजेटबाट सुरु भएको बुटवलको दुर्गा मन्दिरलाइन सडक स्तरोन्नती गर्ने कार्य गत भदौ महिनामा गर्नुपर्ने भए पनि चाडपर्वको समयमा सडक भत्काउदा ब्यवसायीहरूको ब्यापार ब्यवसायमा असर पर्ने भएकोले दशै, तिहार र छठ लगायतका पर्वहरू सकिएपछि काम सुरु गरिएको नगर प्रमुख पाण्डेले बताए ।

अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै पुर्वाधार महाशाखा प्रमुख रौनियारले २ सय ४० मिटर लम्बाइको उक्त सडकको दायाँबायाँ नाली निर्माण र कालोपत्रे गर्न साब्दिक इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंले ९३ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको जानकारी दिए । उक्त कार्य दुई महिनाभित्र सक्ने गरि कामलाई तिब्र पारिएको गौतमले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : ५१ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ