काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन् । कांग्रेस पूर्वमहामन्त्री डा कोइरालाले महासमिति सदस्यको सम्मानमा आज आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । “महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ”,…