काठमाडौं । सुन तस्करी प्रकरणमा आरोपित पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं ल्याएको छ । आज बिहान कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई यति एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो । प्रहरीले महरालाई विमानस्थलबाट सीधै महाराजगन्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय लगेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालतमा…