काठमाडौं । जनमत पार्टीले मधेस–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरेको छ । पर्सा जिल्लाको वीरगञ्जमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पहिचानको आन्दोलनको नेतृत्व गर्नेसहितका विभिन्न विषयमा ११ बुँदे निर्णय गरेको हो । पार्टीका प्रवक्ता डा शरदसिंह यादवले प्रदेश एकमा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको…