७ आश्विन २०८३, बुधबार | September 23, 2026

रवि लामिछानेलाई हिरासत मुक्त गर्न राज्य व्यवस्था समितिमा रास्वपा सांसदको माग



काठमाडौं । हिरासतमा रहेका आफ्ना पार्टीका सभापति रवि लामिछानेलाई थुना मुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदले माग गरेकी छिन् ।

सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्की भण्डारीले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पार्टी सभापति लामिछानेलाई रिहा गर्न माग गरेकी हुन् ।

कार्कीले लामिछानेको मुद्दा अदालत नपुगेको र भाग्ने अवस्था समेत नरहेको दाबी गर्दै थुना मुक्त गर्न माग गरिन् । उनले लामिछानेलाई १२ लाख जनताले विश्वास गरेको बताइन । उनले भनिन्, ‘रवि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसंगत छानबिन होस्, प्रमाणको आधारमा गृहले काम गरोस् ।’

सांसद कार्कीले सभापति पक्राउपछि रास्वपाले न्यायलयलाई प्रभावित पार्न आन्दोलन नगरेको पनि जिकिर गरिन् ।

उनले भ्रष्टाचारमा राजनीतिकरण भएको जिकिर गर्दै अख्तियारमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरिन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई