काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र समृद्धिका सवालमा राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताएका छन । नेपाली कांग्रेसले ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अब औद्योगिक र कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सबै दलबीच एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए…