१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज १४ फेब्रुअरी अर्थात् प्रणय (भ्यालेन्टाइन्स डे) दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

तेस्रो सताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सायौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू ।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।

यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एकअर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मनपरेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहाव्यपी रुपमा यो दिवस मनाईने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन (किस) डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ ।

को थिए त सेन्ट भ्यालेन्टाइन ?

सेन्ट भ्यालेन्टाइनको जन्मबारे हालसम्म कुनै ऐतिहासिक तथ्य बाहिर आएको छैन । यद्यपि उनीबारे तेश्रो शताब्दी उत्तरार्धपछिका जानकारी मात्र उपलब्ध छन् । सेन्ट भ्यालेन्टाइनको कथा यस्तो छ :

रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध थियो । तैपनि केही रोमन सैनिकहरु आफूलाई खटाइएको स्थानका महिलाहरुसँग विवाह गर्थे । सन् २३५ मा तत्कालीन रोमन सम्राट सेभरस अलेक्जेण्डरको हत्या पछि रोमन साम्राज्यमा अराजकताको अवस्था आयो । महामारी, गृहयुद्ध, आर्थिक संकट इत्यादी कारणले रोमन साम्राज्यको अवस्था दयनीय बन्दै आयो । रोमन सैनिकहरुले यस्ता नियमको बेवास्ता गर्न थाले ।

सन् २६० को दशकमा रोमन साम्राज्यमा गलेनियस नामक सम्राटको शासन थियो । त्यसबेला रोमन साम्राज्यमा अलेमानी, गोथिक लगायतका पेगन तथा बर्बरियन जातिले रोमन साम्राज्यमा आक्रमण गरिरहन्थे । पेगन र बर्बरियन जातिको आक्रमणबाट रोमन साम्राज्य कमजोर हुँदै आइरहेको थियो । सन् २६८ मा सम्राट गलेनियसको हत्या भयो । उनको हत्यापछि उनको स्थानमा सम्राट बन्न आइपुगे मार्कस अउरेलियस क्लाउडियस गोथिकस नामक मानिस । उनी सम्राट गलेनियसको सेनामा सैनिक अधिकारी थिए ।

उनी गोथिकहरुलाई पराजित गरेका कारण पछि गएर सम्राट क्लाउडियस गोथिकस कहलाए । उनको निर्दयिता पनि उत्तिकै कुख्यात थियो । निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नामले पनि चिनिन्छ । बर्बरियन तथा पेगनहरुको आक्रमण बढ्दै जाँदा क्लाउडियसले सेनालाई मजबुत बनाउनका लागि पुनः सैनिकहरुलाई कामबासनामा सामेल हुन तथा विवाह गर्न प्रतिबन्ध लगाइदिए । विवाह गर्न तथा कामबासनामा सामेल हुन नपाएका कारण रोमन सैनिकहरुलाई असहज हुँदै गयो ।

त्यसपछि मात्रै ईसाई धर्मका गुरु सेन्ट भ्यालेन्टाइनबारे जानकारी अगाडि आउँछन् । उनले सन् २६० को दशततिर सयौँ वा हजारौँ रोमन सैनिकको विवाह गराइदिएको बताइन्छ । त्यसबेला रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बी कठोर दमनको शिकार हुने गर्थे । त्यसको शिकार सेन्ट भ्यालेन्टाइन हुनपुगे । आफ्ना सैनिकको विवाह गराइदिने गरेको थाहा पाएर सम्राट क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए । त्यसपछि उनलाई पक्राउ गरी रोम शहरका प्रफेक्टका सामुन्ने सार्वजनिक स्थानमा घिसारिएर ल्याइयो ।

उनलाई सम्राट क्लाउडियसले आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएको बताइन्छ । तर, उनले ईसाई धर्म त्याग गर्ने नभई बरु मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकरहरु बताउँछन् । त्यसपछि उनलाई जेलमा राखियो । जेलमा रहँदा उनले आफ्ना जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ । सेन्ट भ्यालेन्टाइनले जेलरकी उनै दृष्टिविहीन छोरीको दृष्टि फर्काइदिएको समेत बताइन्छ । त्यसपछि उनलाई मृत्युदण्ड दिइयो ।

परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ । नेपाल पनि यसबाट अछुतो छैन ।

मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए भन्ने किंबदन्ती छ । उनलाई सन् २७० मै वा त्यही वर्षको आसपास फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ । त्यसपछिका वर्षहरुमा रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बीलाई दमन जारी नै रहेका कारण उनीबारे धेरै विवरण उपलब्ध छैनन् ।

उनको मृत्युदण्ड पछि उनलाई ईसाई धर्मको शहीद घोषणा गरी सेन्टको दर्जा दिइयो । त्यसपछि चौथो शताब्दीको पूर्वार्धमा पोप जुलियस द फस्र्टले उनको चिहान रहेको स्थान भाया फ्लामिनामा स्मारकको स्थापना गराइदिएका थिए । पछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए । त्यसपछि भ्यालेन्टाइन डेबारे त्यति चासो दिइएको थिएन । मध्ययुगमा युरोपमा आएको पुनर्जागरण पछि मात्रै भ्यालेन्टाइन डे चर्चित भएको हो ।

पछि २० औं तथा २१ औं शताब्दीमा उपभोक्तावाद तथा पुँजीवादको विकासपछि उत्पादित सामानको विक्री बढाउनका लागि भ्यालेन्टाइन डेलाई अधिकै चर्चित बनाइँदै आइएको छ । त्यसबाहेक पछिल्ला केही वर्षमा भ्यालेन्टाइन्स डेको एक साताअघि देखि चकलेट डे, टेडी डे, रोज डे र अन्य डेहरु पनि मनाउन थालिएको छ । यसलाई उपभोक्तावादको बढ्दो सँस्कृतिका रुपमा लिने गरिएको छ ।

परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ । नेपाल पनि यसबाट अछुतो छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ५३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान