११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनल : नेपालले कुवेतको सामना गर्दै



काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुदैँछन् । जसअनुसार क्वाटर फाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दै छ । मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुने छ ।

नेपाल समुह चरणमा अपराजित रहदै समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा हङकङ र भुटानलाई ८-८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो । आजै अन्य क्वाटरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७ः१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दै छन् ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ३९ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३