सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धिपूर्ण भएको बताएका छन । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारको एक वर्षे उपलब्धी सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री शाहले विभिन्न कठिनाइ र चुनौतीका बीच जनताको अपेक्षामा खरो रुपमा उत्रिन भने नसकिएको स्वीकार गरे । देशमा सङ्घीयताको अभ्यास भएको…