बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पोका कतिपय प्याभिलियनहरुले हाटबजारको झल्को दिएपनि कृषि प्याभिलियन भने एक्स्पोमा आउने दर्शकहरुका लागि अध्ययन गर्ने थलो बनेको छ । कतिपय स्टलहरुमा हाटबजारकै शैलीमा मोलमोलाई र सेलका सामाग्रीको बेचखिन चलिरहँदा कृषिका स्टलहरुमा भने लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा उत्पादन हुने कृषि उपजका बिउ, उत्पादन बिधि र त्यसको महत्वका विषयमा अवलोकनकर्ताहरुले चासो…