१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । समितिको आजको बैठकमा सांसदहरुले सरकारलाई निर्देशन दिने मात्रैभन्दा पनि दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोमा अनुगमन गर्नुपर्नेमा जोड दिए । सांसद किरणबाबु श्रेष्ठले समितिबाट भएका निर्देशन कति कार्यान्वयन भए…