भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्ना बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो । चरणबद्ध आन्दोलन गरिरहेको सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले बाध्य भएर धर्नाको कार्यक्रम…