काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाको जानकारी लिंदै स्वास्थ्यलाभको कामना गरेका हुन् । भेटको अवसरमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १…