२२ भदौ २०८३, सोमबार | September 8, 2026

मोटरसाइल चोरीको २२ उजुरीमा ७ जना चोर सहित ७ मोटरसाइल फेला



नेपालगन्ज । बाँके प्रहरीमा २२ वटा मोटरसाइकल चोरी भएकोे उजुरी परेकोमा ७ वटा मोटरसाइकल र ७ जना मोटरसाइकल चोर्ने व्यक्ति प्रहरीले फेला पारेको छ ।

प्रहरीको पछिल्लो सफलतामा चोरी भएको डुडुवा गाउँपालिकाका लेखा अधिकृतले चढ्ने मोटरसाइकल प्रहरीले चोर सहित फेला पारेको छ । भे १ व १७९६ नम्बरको मोटरसाइकल नेपालगञ्जको कारकादोबाट चोरी भएको थियो । प्रहरीले कारकादोबाटै भारत बहराइच थाना रुपैडिहा नानपारा बस्ने २० वर्षको अमन श्रीवास्तवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

गत १४ गतेपनि प्रहरीले २ जना चोर सहित एक मोटरसाइकल स्वरुप परिवर्तन गरेको अवस्थामा फेला परेको थियो । मोटरसाईकल चोरीको आरोपमा १४ गते पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनार रहेका थिए ।

पक्राउ परेकाहरुबाट प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रंग परिवर्तन गरेको अवस्थामा बरामद गरेको थियो । उनीहरुलाई प्रहरीले कारकादोको जनता ग्यारेज अगाडिबाट पक्राउ गरेको थियो ।

पछिल्लो दुई महिनायता नेपालगञ्जमा २२ वटा मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्येमा सात जना चोर र सात वटा मोटरसाइकल प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार