६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो



नेपालगन्ज । नेपाली काठको सटृृा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा यहाँको व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको गुनासो छ ।

उद्योगी व्यवसायीले सरकारी भवनमा पछिल्ला वर्षमा काठको स्थानमा वैकल्पिक वस्तु आल्मुनियम र पिभिसी प्रयोग बढ्दै गएकामा उनीहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् । “राज्यले काठको प्रयोग गर्न छोडिसक्यो, विदेशबाट अर्बौको आल्मुनियम र पिभिसी आयात भइरहेको छ”, नेपाल वन पैदवार उद्योग व्यवसायी सङ्घका केन्द्रीय विदेश विभाग संयोजक रवीन्द्र लम्साल भने,“सरकारी संरचना निर्माण गर्दा अहिले काठ स्टिमेटमा पर्न छोडिसक्यो यो चिन्ताको विषय हो ।”

नेपालको काठ वनमा कुहिएर सकिने तर सरकारीदेखि निजी भवन निर्माणमा विदेशी आल्मुनियम र पिभिसी प्रयोग बढ्दै जानु दुःखको कुरा भएको उनको भनाइ छ । सरकारी नीतिका कारण वन पैदवार उद्योग व्यवसायी धराशायी भएको उल्लेख गर्दै संयोजक लम्साल व्यावसायिक समस्या विरुद्ध सबै व्यवसायी एकजुट भएर लाग्न आग्रह गर्छन् ।

नेपाल वन पैदवार उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष टेकबहादुर पुन सरकारले पछिल्लो पटक ल्याएको नीतिले काठ व्यवसायी पलायन हुँदै गएको बताउँछन् । काठ लिलाम प्रक्रियामा सःमिलले मात्र भाग लिन पाउने नीतिले व्यवसायी निराश भएको उनको भनाइ छ ।

जिल्लामा काष्ठ व्यवसाय गर्दै आएका व्यवसायीमध्ये ३० प्रतिशत मात्रै सःमिल सञ्चालक छन् भने ७० प्रतिशत काष्ठ व्यवसायी सप्लायर्सको रुपमा काम गर्दै आएका छन् । उक्त सङ्घका पूर्वअध्यक्ष सुरेश चन्द विदेशी काठ र काठका वैकल्पिक वस्तुलाई बढी महत्व दिइएकाले व्यवसायी समस्यामा पर्दै गएको बताउँछन् । सरकारले व्यवसायमैत्री नियमावली ल्याएर काठको मूल्य मापनमा सुधार ल्याउन ‘हुवर फरमूला’ हटाइ ‘क्वाटरगर्थ फरमूला’ नै लागू गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : १३ बजे

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको