नेपालगन्ज । बाँकेको कोहलपुरबाट अखाद्य सस् र चाउमीन बरामद गरि नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय कोहलपुरले आज गरेको बजार अनुगमनमा अखाद्य सस् तथा चाउमीन उत्पादन गरि बजारमा बिक्रि वितरण गर्दै गरेको फेला परेपछि बरामद गरि नष्ट गरिएको हो । उपभोक्ताको गुनासोको आधारमा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोज कुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु…