काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नेपाल आयल निगमले चाडवाडको मुखमा पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि गरेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । निगमले जनताको क्रयशक्तिलाई ख्यालै नगरी र सरकारसँग परामर्श नगरी मूल्यवृद्धिको निर्णय गरेको प्रधानमन्त्रीको बुझाई रहेको छ । मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गर्ने बुझिएको छ…