७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा ३ दिने दीपावली महोत्सव हुने



बुटवल । दीपावलीको अवसर पारेर बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०’ गर्न लागिएको हो ।

संघको शुक्रबार बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णय सहित तयारी समिति र मातहतका उपसमितिहरु समेत गठन गरिएको महासचिव मुक्ति अधिकारीले जानकारी दिए । उनका अनुसार दीपावली महोत्सवको लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा बुटवल उपमहानगरपालिका वडा नं. ४, ५ र ६ प्रवर्द्धकका रुपमा रहने छन् ।

संघका अध्यक्ष हरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान ताकेको छ भने उक्त समितिमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, तीन वटै वडाका एक एक जना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरु सदस्य तथा सदस्य सचिवको रुपमा संघका महासचिव अधिकारी रहने ब्यवस्था गरिएको छ ।

दीपावली महोत्सव सञ्चालनको लागि ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । फूड फेस्टिवल सहितको दीपावली महोत्सव सम्पन्न गर्नको लागि उद्योग उपाध्यक्ष सुरज भट्टराई संयोजक फूड कोर्ट उपसमिति, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, महासचिव मुक्ति अधिकारी संयोजक रहेको पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेल संयोजक रहेको प्रचार प्रसार उपसमिति र सहकोषाध्यक्ष धनाकुमारी खनाल संयोजक रहेको सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ । बुटवलको खस्किदो व्यापारलाई प्रवर्द्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यवसायिक तथा सामाथिक संघ संस्था तथा आम समदुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताको लागि अनुरोध पनि गरे ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : ३५ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट