२० बैशाख २०८१, बिहिबार | May 3, 2024

सङ्घीयता कार्यान्वयनको माग गर्दै मधेश सरकारद्वारा प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र



काठमाडौं । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा छबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष उक्त ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा संविधानबमोजिम सङ्घीयता कार्यान्वयन नभएको उल्लेख गर्दै प्रहरी प्रशासनलाई प्रदेश मातहत हस्तान्तरण, सङ्घीय निजामती सेवा ऐन निर्माण गरी प्रदेशमा खटिने सचिवलाई प्रदेश सरकारको मातहतमा रहने व्यवस्था गर्न माग गरिएको छ । साथै सार्वजनिक जग्गाको प्रयोग र व्यवस्थापनका लागि गुठी जग्गाको व्यवस्थापनको अधिकार हस्तान्तरण, मूल्य अभिवृद्धि  कर र अन्तःशुल्कबाट उठेको राजस्वलाई सङ्घमा ५० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा २० प्रतिशत गर्नेगरी बाँडफाँट हुने गरी कानुनमा संशोधनको माग गरिएको छ ।
त्यसैगरी दण्ड र कैदसम्बन्धी अभियोजनको अधिकार दिने गरी कानुनमा संशोधनकोसमेत पत्रमार्फत गरिएको छ । आफूहरुले राखेका माग ३० दिनभित्र कार्यान्वयन नभए शान्तिपूर्ण सङ्घर्षका कार्यक्रम तय गर्न बाध्य हुने मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं जनता समाजवादी संसदीय दलका नेता सरोजकुमार यादवले बताउनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले उपरोक्त माग जाजय भएको र आफूले ३० दिनअघि नै सम्बोधनका लागि प्रयास गर्ने बताउनुभएको मुख्यमन्त्री यादवले जानकारी दिए ।
सो अवसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, शिक्षा तथा समाज कल्याणमन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता अभिराम शर्मा, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता भरत शाह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन बिच्छालगायतका नेता एवं मन्त्रीहरु सहगभाी थिए । ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : ३१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक