काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संवाद सुरु गर्नेछन् । गए राति १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका…