२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मानव सेवाको मेची-महाकाली अभियान बुटवलमा, आइपुगेकै दिन ३ जनाको उद्धार



बुटवल । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’-भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान टोली बुटवल आइपुगेको छ । आज बुटवल आइपुगेको टोलीले आज सम्ममा आश्रयबिहिन १२२ जना सडकाश्रित मानवको उद्धार गरेको जनाएको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो ।

अभियान अन्तरगत बुटवलबाट ३ जना सडकआश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्धार गरी सुरु भएको अभियान पश्चिम महाकालीमा पुगेर समापन गरिने उनले बताए । प्रसिद्ध गायिका आनिछोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा सामाजिक रुपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

बुटवल आइपुगेको अभियान टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल राना लगायतले स्वागत गरेका थिए ।

बुटवल पुगे लगत्तै अभियान टोलीले बुटवल बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धार गरेको थियो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख पाण्डेले आश्रय बिहिनहरुको व्यवस्थापनका लागि सम्पूर्ण दायित्व पूरा गर्न उपमहानगर तयार रहेको बताए । सडक आश्रितहरुको परिवारसँग पुनः मिलन हुन सकोस् भन्ने उद्देश्यसहित उद्धार र मानव सेवाको कार्यमा उपमहानगर विगतदेखिनै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि तयार रहेको उनले बताए ।

यसैगरी प्रसिद्ध गायिका आनिछोइङले हर मानवमा करुणा भाव हुन आवश्यक रहेको बताइन् । ‘मानव सेवाका लागि सधैभरी हामीले गोजीबाट पैसा निकालेर दिनुपर्छ भन्ने छैन, हामीले गर्ने व्यवहार र बोल्ने बोली सधै सकारात्मक भए अभियान सार्थक हुन्छ ।’–उनले भनिन् ।

अभियान अन्तरगत बुटवलमा भएको मावनउद्धार कार्यमा मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसाल, शेरबहादुर गौतम, आश्रमका लुम्बिनी संयोजक सरु अधिकारी, रुपन्देही संयोजक टिकामाया थापा लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आश्रमका सदस्यहरुको सहभागिता रहेको थियो ।

मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ । रुपन्देहीमा १८० जना सडकाश्रितहरुलाई उद्धार गरी उनीहरुलाई बासको व्यवस्था गर्दै आएको छ । मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउने अभियान अन्तरगत मानव सेवाआश्रमको सहकार्यमा हालसम्म बुटवल उपमहानगरपालिकासहित १३ वटा स्थानलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा समेत गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ५० बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका