८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई माधव नेपालको आग्रह

कावासोती । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् । समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले…