काठमाडौं । सोमबार शितलनिवासमा आयोजित मन्त्रीहरुको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना अनुपस्थित भएका छन्। प्रधानमन्त्रीको शपथग्रहणमा समेत अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने सोमबारको कार्यक्रममा उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन् । कार्कीले आफु प्रधानमन्त्री हुनेवित्तिकै प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेकी थिइन…