६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ : विश्वप्रकाश

मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाल डेमोक्रेटिक लयर्स एसोसियशन मोरङद्वारा आज आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले स्थानीय निकायका कांग्रेसका तीन सय ३२ प्रमुखले सङ्गठित रुपमा जनताको कार्य गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड…