काठमाडौं । टिकटक प्रतिबन्ध विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्मा पौडेलको एकल इजलासले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । मंसिर १५ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ…