२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

पत्रकार महासङ्घ र प्रेस युनियनबीच सम्झौता



काठमाडौं । नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले राखेका मागबारे छलफल गरी महासङ्घलाई अगाडि बढाउनका लागि आज तीन बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा महासङ्घको तर्फबाट अध्यक्ष विपुल पोखरेल र युनियनका तर्फबाट अध्यक्ष शिव लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नेपाल पत्रकार महासङ्घको सुर्खेत साधारणसभाको मर्मअनुसार सदस्यता शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पु¥याउने, महासङ्घको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित प्रक्रिया अगाडि बढाउने, महासङ्घको विधानमा देखिएका कतिपय अव्यावहारिक प्रावधानहरु महाधिवेशनमार्फत संशोधन गर्न पहल गर्ने तथा सदस्यता टुङ्गो नलाग्दासम्म निर्वाचनका कुनै पनि तालिका सार्वजनिक नगर्ने उल्लेख छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : ४८ बजे

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु