दाङ । लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकार प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण तथा कर्नियाको अपरेसन निःशुल्क गर्ने बजेटको व्यवस्था गरेपछि प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको हो । आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने कार्यक्रम लागु गर्ने…