११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदवहाली गरेका छन् । सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताए । ३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गर्नुभएका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए । आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उहाँले…