काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ९७ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो तेस्रो अर्धशतक हो । नेपालबाट हाल क्रिजमा भीमलाई साथ दिइरहेका दीपेन्द्रसिंह…