९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गर्न माओवादी नेता देवेन्द्र पौडेलको आग्रह

म्याग्दी । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । माओवादीको बेनी नगर कमिटीले दसैंतिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए । “मिलेर बसेको समाजमा सामाजिक सञ्जाल दुरुपयोग गरेर…