२ माघ २०८२, शुक्रबार | January 16, 2026

सडक नबनाउने ठेकेदारलाई कारवाहीको माग गर्दै खजुरामा चक्काजाम

खजुरा । एक हजार ८ सय मिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँकेका खजुराका स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८०० मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध पारेका छन्…