काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् । संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो…