९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन् । १९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दर्ता गरेका थिए । यस्तै, उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन्…