काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीकाे कैलारी गाउँपालिका-७ बसन्ताबाट अवैध लागुऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका-७ बस्ने ५४ वर्षीय सुकानु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले रामपुरबाट हसुलियातर्फ आउँदै गरेको से.७ प २५०४ नम्बरको…