काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताएका हुन् । यही १७–२० जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गरेका थिए ।…