१९ असार २०८३, शुक्रबार | July 3, 2026

रुपन्देहीमा ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा-रूबेलाविरुद्धको खोप लगाइँदै



बुटवल । रुपन्देहीमा ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा-रूबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा-रूबेलाविरुद्धको खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार खोप दुई चरणमा लगाइने छ । पहिलो चरणमा फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी खोप लगाइने छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी डा. भेषराज शर्माले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा-रूबेलाविरुद्धको खोप लगाइने बताए । त्यस्तै दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने उनले जानकारी दिए ।

‘जिल्लाका ९ वटा पालिकामा फागुन १३ गते अभियान सुरु गर्ने योजना बनाएका छौं’, शर्माले भने, ‘यसका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्ने काम भइसकेको छ ।’ नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । शर्माका अनुसार दादुरा-रूबेलाविरुद्धको खोपबाहेक अन्य खोप पनि नलगाएका बालबालिकालाई सोही अवधिमा लगाइनेछ ।

जिल्लाका १६ स्थानीय तहमा १ हजार १ सय ११ खोप केन्द्रबाट खोप लगाइने शर्माले बताए । उनले यो अभियानमा २ हजार २ सय स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक खटिने जानकारी दिए । जिल्लामा ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिञ्ज आवश्यक पर्ने शर्माले जानकारी दिए ।

खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार सुरु भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । ज्ञवालीले यो अभियान विद्यालय केन्द्रीत हुने जानकारी दिए ।

नेपालले सन् २०२६ सम्ममा दादुरा-रूबेला निवारण गर्ने प्रतिबद्वता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : ०७ बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक