२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि ४७ जना आवेदकमध्ये ४ जनालाई सर्टलिस्ट गरिएको छ । अध्यक्ष छनोट तथा सिफारिस समितिले प्रारम्भिक मूल्यांकनपछि नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चरणका लागि छनोट गरेको हो । समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई आगामी शुक्रबार छलफलका लागि बोलाएको छ ।…