काठमाडौं । यही वैशाख १० गते भएको उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गराएका छन् । लामिछाने चितवन २ बाट पुनः निर्वाचित भएका हुन् भने वाग्ले तनहुँ-१बाट पहिलोपटक निर्वाचित भएका हुन् । लामिछानेले…