६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रवि र स्वर्णिमले लिए सांसद पदको शपथ



काठमाडौं । यही वैशाख १० गते भएको उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।

सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गराएका छन् ।

लामिछाने चितवन २ बाट पुनः निर्वाचित भएका हुन् भने वाग्ले तनहुँ-१बाट पहिलोपटक निर्वाचित भएका हुन् । लामिछानेले मंसिरमा भएको निर्वाचनमा भन्दा पनि बढी मत ल्याएर विजयी भएका छन् । विगतमा कांग्रेसमा रहेका वाग्ले उपनिर्वाचनको मनोनयन हुनुअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।

बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादवको भने आज शपथ हुनसकेन । उनी अझै पनि बारामै रहेका कारण शपथ ग्रहणको नभएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ०३ बजे

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।