११ बैशाख २०८१, मंगलबार | April 24, 2024

एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, नेता ओली अन्तर्राष्ट्रिय समितिमा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ ।

प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद सचिवालयमा नामावली बुझाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको बिवरण अनुसार सो पार्टीका अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा रहने भएका छन् भने अर्थ समितिमा बिष्णु पौडेल रहेका छन ।

कानुन, न्याय तथा मानव अधिकार समितिः सुवास नेम्वाङ, सार्बजनिक लेखा समितिमा योगेश भट्टराईलगायतका नेता रहने भएका छन् । यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।

एमालेले संसद सचिवालयमा बुझाएको विवरण अनुसार :

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति :  केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी

कानुन, न्याय तथा मानव अधिकार समिति : सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा

अर्थ समिति : विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर

सार्वजनिक लेखा समिति : योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली

राज्यव्यवस्था तथा सुशासन समिति : पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति : ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ

महिला तथा सामाजिक मामिला समिति : टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी

पूर्वाधार विकास समिति : गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला देवकोटा, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति :  छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : २६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना