भैरहवा । सीमावर्ती बजार क्षेत्रमा प्रमुख समस्याको रुपमा अवैध कुखुराको तस्करी रहेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा यसले मानव स्वास्थ्यमा असर पर्ने उच्च सम्भावना रहे पनि भारतबाट अवैध कुखुरा आउने क्रम रोकिएको छैन । भारतबाट वर्डफ्लु भित्रिन नदिन पंक्षी तथा पक्षीजन्य वस्तु ल्याउन प्रतिबन्ध रहेकोले भारतबाट नेपाल ल्याउँदै गरेका चल्ला र…