लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसर पारेर बुद्धजन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० शुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्र सहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको शुरुवात गरेको हो । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ…