दाङ । राजधानी ब्यवस्थापनमा नेतृत्वदायी भुमिका खेलेको दाङको राप्ती गाउँपालिकाले प्रदेश सरकारबाट जग्गा फुकुवा नगरे ब्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएको छ । गाँउपालिकाका अध्यक्ष अध्यक्ष प्रकाश बिष्टले सामाजिक सञ्जाल मार्फत बिगत तीन वर्ष देखि लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा तत्काल फुकुवा नभए स्थानीय सरकारले राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका हुन् । अध्यक्ष…