१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी भिडदैं छन । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौ+ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन् । यो खेल मंगलबार हुने छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो ।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् । त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् ।

नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ४६ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई