काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्धारा…