१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बालसुधार गृहका २४ जनाले दिए एसइई



नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको जयेन्दु बाल सुधार गृहबाट २४ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, आसमानपुरमा रहेको बाल सुधार गृहमा रहेका २४ जनाले एसइई परीक्षा दिएका हुन् ।

दुई सय बढी बालक बन्दी रहेको गृहबाट २४ जनाले शुक्रबार एसइर्इ दिएका छन् । उनीहरुका लागि नेपालगन्जको युद्ध संस्कृत माविमा उनीहरुको केन्द्र तोकिएको भएपनि उनीहरुले बाल सुधार गृहबाटै परीक्षा दिएका छन् ।

बाँकेमा यसपालीको एसइईमा ९ हजार २३ जनाले फारम भरेकोमा ४ हजार ४ सय ९४ जना छात्रा र ४ हजार ५ सय २९ जना छात्र रहेका छन् ।

पहिलो दिनको परीक्षामा कोहलपुरका ज्ञानज्योती मावि, चप्परगौडीबाट अमर्यादित गतिविधि गरेका दुई जना शिक्षकलाई निष्कासन गरिएको शिक्षा समन्वय इकाई, नेपालगन्जका अधिकृत उद्धव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ४९ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२