१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

सीता दाहालको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् । दाहालको निधन खबरले आफूलाई दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेका छन् ।…